काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको छ। स्थानीयका अनुसार सोमबार राति करिब साढे १२ बजे सिमेन्टबाट निर्माण गरिएको विद्युतको पोल ढलेको हो।
जीर्ण अवस्थामा रहेको पोल लगातार परेको वर्षाका कारण ढलेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। पोल ढले पनि मानवीय तथा अन्य भौतिक क्षति भने नभएको प्रहरीले जनाएको छ।
अहिले ढलेको पोल हटाउने तथा अवरुद्ध विद्युत सेवा पुनः सञ्चालन गर्ने काम भइरहेको छ।







