काठमाडौं । दशैंको अवसर पारेर म्याक्स टाइगर इनर्जी ड्रिंकले ‘दशैं धमाका २०२६’ अभियान सार्वजनिक गरेको छ। अभियानअन्तर्गत विशेष पुरस्कारयुक्त क्यानमार्फत ३६ जनाले यामाहा मोटरसाइकल तथा स्कुटर र एक जनाले प्रोटोन कार जित्ने अवसर पाउनेछन्।
ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीले अभियानको औपचारिक घोषणा गरेको हो। कम्पनीका अनुसार अभियानका लागि विशेष पुरस्कारयुक्त क्यान देशभर वितरण गरिनेछ।

अभियानअन्तर्गत १८ जनाले यामाहा एफ जेड एफ आई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्नेछन्। त्यस्तै, बम्पर पुरस्कारका रूपमा एक जना भाग्यशाली विजेताले प्रोटोन कार पाउनेछन्।
कम्पनीका अनुसार विशेष पुरस्कारयुक्त क्यान प्राप्त गर्ने उपभोक्ता नै अभियानका विजेता बन्नेछन्। त्यस्ता क्यान देशभर वितरण गरी अभियानलाई उपभोक्तामाझ पुर्याउने तयारी गरिएको कम्पनीले जनाएको छ।

म्याक्स टाइगरका अनुसार ‘दशैं धमाका २०२६’ मार्फत उपभोक्ताले उत्पादन खरिद तथा उपभोगसँगै आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्। दशैंको उत्साह र उपभोक्ताको ऊर्जालाई ब्रान्डसँग जोड्दै उपभोक्तासँगको सम्बन्ध थप सुदृढ गर्ने उद्देश्यले अभियान ल्याइएको कम्पनीको भनाइ छ।
देशभर वितरण हुने पुरस्कारयुक्त क्यानमार्फत यसपटकको दशैंलाई पुरस्कार जित्ने सम्भावनासँग जोड्ने प्रयास गरिएको कम्पनीले जनाएको छ। दशैंमा म्याक्स टाइगरको क्यान खोल्दा ऊर्जा र स्वादसँगै पुरस्कार जितिने सम्भावनाले थप उत्साह सिर्जना गर्ने कम्पनीको अपेक्षा छ।
दशैं नेपालीका लागि किनमेल, भेटघाट र उत्सवको समय भएकाले यही चाडपर्वको माहोललाई थप रोमाञ्चक बनाउँदै उपभोक्तासँग प्रत्यक्ष रूपमा जोडिने उद्देश्यले अभियान ल्याइएको कम्पनीले जनाएको छ।







