काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकले महानायक राजेश हमालको उपस्थितिमा दसैँ लक्षित ‘दसैँ धमाका’ योजना सार्वजनिक गरेको छ ।
कम्पनीले योजनाअन्तर्गत ३६ जनालाई यामाहाका बाइक तथा स्कुटर र एक जना भाग्यशाली विजेतालाई कार जित्ने अवसर दिने भएको छ ।
योजनाअनुसार १८ जनाले यामाहाको बाइक र १८ जनाले यामाहाको स्कुटर जित्न सक्नेछन् । त्यस्तै, एक जना भाग्यशाली विजेताले बम्पर उपहारस्वरूप प्रोटोन ईमास–७ ब्रान्डको कार प्राप्त गर्नेछन् ।
कम्पनीका अनुसार ‘दसैँ धमाका’ योजना कार्तिक मसान्तसम्म लागू हुनेछ । योजनामा सहभागी हुन म्याक्स टाइगर इनर्जी ड्रिंकको पुल ट्याबमा कार, बाइक वा स्कुटरको पुरस्कार उल्लेख भएको हुनुपर्नेछ ।
पुल ट्याबमा उल्लेखित पुरस्कारअनुसार सम्बन्धित उपभोक्ताले उक्त पुरस्कार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।








