काठमाडौं । युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्रालिले आयोजना गरेको ‘युनाइटेड डिलर्स समिट २०८३’ थाइल्याण्डको पटायामा सम्पन्न भएको छ ।

सेप्टेम्बर २१ देखि २५ सम्म पटायास्थित द होलिडे रिसोर्टमा आयोजना गरिएको समिटमा कम्पनीका विभिन्न क्षेत्रका डिलर तथा व्यावसायिक साझेदारहरूको सहभागिता रहेको थियो ।

ADVERTISEMENT

समिटमा भिडोल र नेपाल गोल्ड लुब्रिकेन्टका डिलर तथा प्रतिनिधिबीच कम्पनी र डिलरबीचको सहकार्य, बजारका अवसर, व्यावसायिक सम्भावना तथा आगामी योजनाबारे छलफल भएको कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

कार्यक्रममा उत्कृष्ट डिलर तथा उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्तिहरूलाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो । व्यवसाय विस्तार तथा कम्पनीको विकासमा उल्लेखनीय योगदान पुर्‍याउने डिलर तथा टप परफर्मरलाई सम्मान गरिएको कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

समिटकै अवसरमा कम्पनीले बाइक तथा स्कुटरका लागि नयाँ इन्जिन आयल, स्कुटर गियर आयल र चेन ल्युब सार्वजनिक गरेको छ । कम्पनीले डिजेल एक्जस्ट फ्लुइड समेत बजारमा ल्याएको छ ।

नयाँ उत्पादनमार्फत ग्राहकको बदलिँदो आवश्यकता तथा बजारको मागअनुसार उत्पादन पोर्टफोलियो विस्तार गर्ने कम्पनीले जनाएको छ ।व्यावसायिक छलफलसँगै कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक तथा अन्तरक्रियात्मक गतिविधिसमेत आयोजना गरिएको थियो । यस्ता गतिविधिले कम्पनी र डिलरबीचको सम्बन्ध थप मजबुत बनाउन सहयोग पुगेको कम्पनीको भनाइ छ ।

युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिजका डेपुटी जनरल म्यानेजर दिनेश खनालले समिट सफल, फलदायी र ऊर्जावान बनेको बताए । उनका अनुसार समिटले कम्पनी र डिलरबीचको सहकार्यलाई थप बलियो बनाउनुका साथै आगामी व्यावसायिक विकास र नयाँ अवसरका लागि सकारात्मक ऊर्जा दिएको छ ।