काठमाडौं । Infinix ले आफ्नो लोकप्रिय HOT सिरिजअन्तर्गत नयाँ स्मार्टफोन HOT 70 Pro नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले नयाँ फोनमा दमदार परफर्मेन्स, 144Hz डिस्प्ले, 5G कनेक्टिभिटी, 50MP Sony क्यामेरा र 6,000mAh ब्याट्रीसहितका विशेषता दिएको जनाएको छ।

फोनलाई नेपाली बजारमा ल्याउँदा कम्पनीले ग्राहकका लागि १२ महिनाको ० प्रतिशत EMI सुविधा पनि सार्वजनिक गरेको छ। जसअनुसार HOT 70 Pro को 8GB RAM र 128GB स्टोरेज भेरियन्ट मासिक २ हजार ६५० रुपैयाँदेखि किस्तामा खरिद गर्न सकिनेछ।

ADVERTISEMENT

HOT 70 Pro मा MediaTek Dimensity 7100 5G चिपसेट प्रयोग गरिएको छ। 6nm प्रक्रियामा निर्मित यो चिपसेटसँग 8GB RAM र अधिकतम 256GB UFS 2.2 स्टोरेज उपलब्ध छ। कम्पनीले दैनिक काम, मल्टिटास्किङ, मनोरञ्जन तथा गेमिङका लागि फोनले छरितो र प्रतिक्रियाशील परफर्मेन्स दिने जनाएको छ।

ADVERTISEMENT

फोनमा 6.76 इन्चको FHD+ IPS LCD डिस्प्ले छ। 1080 × 2344 पिक्सेल रिजोल्युसन र 144Hz रिफ्रेस रेट रहेको डिस्प्लेले भिडियो हेर्न, गेम खेल्न तथा सामाजिक सञ्जाल प्रयोग गर्न सहज अनुभव दिने कम्पनीको दाबी छ।

क्यामेरातर्फ HOT 70 Pro मा 50MP Sony IMX882 मुख्य क्यामेरा राखिएको छ। यसले फोटो तथा भिडियोमा स्पष्टता र डिटेल दिने कम्पनीले जनाएको छ। सेल्फी तथा भिडियो कलका लागि फोनमा 8MP फ्रन्ट क्यामेरा दिइएको छ।

ADVERTISEMENT

ब्याट्रीतर्फ फोनमा 6,000mAh क्षमताको ब्याट्री रहेको छ। यसमा 45W फास्ट चार्जिङका साथै Bypass Charging र 10W Reverse Wired Charging सुविधा दिइएको छ। Bypass Charging ले चार्जिङका क्रममा ब्याट्रीमा पर्ने भार घटाउँदै गेमिङलगायत लामो समय फोन प्रयोग गर्न सहज बनाउने उद्देश्य राखेको कम्पनीले जनाएको छ।

HOT 70 Pro Android 16 मा आधारित XOS 16 मा चल्छ। कम्पनीका अनुसार फोनले तीनवटासम्म प्रमुख Android OS अपग्रेडसमेत सपोर्ट गर्नेछ।

डिजाइनतर्फ फोनको बडी करिब 7.9 मिलिमिटर पातलो रहेको छ। यसमा IP68 Dust & Water Resistance तथा MIL-STD durability certification दिइएको छ, जसले धुलो, पानी तथा दैनिक प्रयोगका क्रममा फोनलाई थप सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ।

Free Fire सँग सहकार्य

HOT 70 Pro सार्वजनिक गरेसँगै Infinix ले लोकप्रिय मोबाइल गेम Free Fire सँग पनि सहकार्य गरेको छ। कम्पनीले गेमिङप्रेमीलाई लक्षित गर्दै 144Hz डिस्प्ले, 5G कनेक्टिभिटी, Dimensity 7100 5G प्रोसेसर र 6,000mAh ब्याट्रीमार्फत गेमिङ तथा मनोरञ्जन अनुभवलाई थप आकर्षक बनाउने जनाएको छ।

कम्पनीका अनुसार Free Fire सँगको सहकार्यले युवा तथा गेमिङप्रेमी प्रयोगकर्तासँग HOT 70 Pro लाई जोड्ने उद्देश्य राखेको छ।

दुई भेरियन्टमा उपलब्ध

HOT 70 Pro नेपालमा 8GB + 128GB र 8GB + 256GB गरी दुई भेरियन्टमा उपलब्ध छ।

8GB + 128GB भेरियन्टको मूल्य ५२ हजार ९९९ रुपैयाँ तोकिएको छ। यसका लागि २१ हजार २०० रुपैयाँ डाउन पेमेन्ट गरेपछि बाँकी ३१ हजार ७९९ रुपैयाँ १२ महिनासम्म मासिक २ हजार ६५० रुपैयाँका दरले भुक्तानी गर्न सकिनेछ।

त्यस्तै, 8GB + 256GB भेरियन्टको मूल्य ५६ हजार ९९९ रुपैयाँ छ। यो भेरियन्टका लागि २२ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट गरेपछि बाँकी ३४ हजार १९९ रुपैयाँ मासिक २ हजार ८५० रुपैयाँका दरले १२ महिनामा भुक्तानी गर्न सकिनेछ।

भेरियन्ट मूल्य डाउन पेमेन्ट बाँकी रकम अवधि मासिक किस्ता
8GB + 128GB रु. ५२,९९९ रु. २१,२०० रु. ३१,७९९ १२ महिना रु. २,६५०
8GB + 256GB रु. ५६,९९९ रु. २२,८०० रु. ३४,१९९ १२ महिना रु. २,८५०

० प्रतिशत EMI कसरी लिने?

कम्पनीका अनुसार ० प्रतिशत EMI सुविधा Goodwill Finance Limited, Neofin Hire Purchase Pvt. Ltd. र MAW लगायतका सहभागी फाइनान्सिङ पार्टनरमार्फत उपलब्ध हुनेछ।

EMI सुविधा लिन ग्राहकले मान्य नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र (NID) पेश गर्नुपर्नेछ। EMI स्वीकृति तथा अन्य नियम र सर्त भने सम्बन्धित फाइनान्सिङ पार्टनरको प्रक्रियाअनुसार लागू हुने कम्पनीले जनाएको छ।

नेपालभर उपलब्ध

Infinix HOT 70 Pro नेपालभरका आधिकारिक Infinix स्टोर तथा विभिन्न स्मार्टफोन आउटलेटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। ग्राहकले नजिकैको Infinix आउटलेटमा पुगेर फोनका भेरियन्ट, मूल्य, EMI सुविधा तथा फाइनान्सिङ प्रक्रियाबारे थप जानकारी लिन सक्नेछन्।

Infinix विश्वव्यापी टेक्नोलोजी ब्रान्डका रूपमा युवा तथा डिजिटल पुस्तालाई लक्षित गर्दै स्मार्टफोन तथा अन्य प्रविधिजन्य उत्पादन ल्याउँदै आएको छ। कम्पनीले नयाँ प्रविधि, आधुनिक डिजाइन, परफर्मेन्स र पहुँचयोग्य मूल्यलाई आफ्नो उत्पादनको मुख्य विशेषताका रूपमा प्रस्तुत गर्दै आएको छ।