काठमाडौं । बजाजले आफ्नो लोकप्रिय पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।

शक्ति, तीव्रता र आत्मविश्वासका लागि परिचित ढाँटसँगको सहकार्यले पल्सर एनएसको प्रदर्शनमुखी पहिचानलाई थप बलियो बनाउने उद्देश्य रहेको कम्पनीले जनाएको छ।

ADVERTISEMENT

‘Raw Power Meets Raw Power’ अवधारणामा आधारित यो सहकार्यले रविन्द्र ढाँटको व्यक्तित्व र पल्सर एनएसको आक्रामक प्रदर्शनबीचको समानतालाई प्रस्तुत गर्नेछ। ढाँटको शक्ति, तीव्रता र प्रभावशाली व्यक्तित्व पल्सरको पावर, प्रदर्शन र मस्कुलर स्ट्रिटफाइटर डिजाइनसँग मेल खाने कम्पनीको भनाइ छ।

ADVERTISEMENT

बजाजले पल्सरलाई शक्ति, प्रदर्शन र आक्रामक राइडिङ चरित्रका लागि परिचित मोटरसाइकलका रूपमा स्थापित गर्दै आएको जनाएको छ। ढाँटसँगको सहकार्यले विशेषगरी युवा तथा प्रदर्शनमुखी मोटरसाइकलप्रति रुचि राख्ने राइडरसँग ब्रान्डको सम्बन्ध थप बलियो बनाउने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

रविन्द्र ढाँट अब पल्सर एनएसका विभिन्न ब्रान्ड कम्युनिकेसन, अभियान तथा उपभोक्ता संलग्नताका गतिविधिमा सहभागी हुनेछन्। यसमार्फत पल्सरका उत्पादनका विशेषता र प्राविधिक पक्षसँगै शक्ति, आत्मविश्वास, प्रदर्शन र बोल्ड एटिच्युडलाई प्रस्तुत गरिने कम्पनीले जनाएको छ।

बजाजका अनुसार रविन्द्र ढाँट र पल्सरबीचको सहकार्य दुई फरक पहिचानलाई शक्ति र प्रदर्शनको एउटै भावनामा जोड्ने प्रयास हो। यसले पल्सर एनएसको ब्रान्ड व्यक्तित्वलाई थप स्पष्ट र विशिष्ट बनाउन सहयोग गर्ने कम्पनीको विश्वास छ।

पल्सर एनएस र रविन्द्र ढाँटसँग सम्बन्धित आगामी अभियान तथा सामग्री बजाज नेपालको आधिकारिक सामाजिक सञ्जाल तथा अन्य सञ्चार माध्यमबाट सार्वजनिक गरिनेछ।