काठमाडौं, असोज १० । ब्रिटिश प्रोफेसनल कलेज (बीपीसी)ले आयोजना गरेको चारदिने ‘एसीसीए प्रेजेन्ट्स : बीपीसी क्रिकेट लिग २०२६’ को उपाधि सिड च्यालेन्जर्सले जितेको छ।

सेप्टेम्बर २३ देखि २६ सम्म काठमाडौंको बुढानीलकण्ठ, चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा भएको प्रतियोगितामा एसीसीएका विद्यार्थी, एफिलिएट, सदस्य, स्वीकृत लर्निङ पार्टनर तथा रोजगारदातासहित १६ टोली सहभागी थिए।

ADVERTISEMENT

प्रतियोगितामा सिड च्यालेन्जर्सले उपाधिसँगै ८० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ। सीसीए आरसीबी प्रथम उपविजेता बनेर ५३ हजार ३३३ रुपैयाँ तथा सीसीए गोर्खाज द्वितीय उपविजेता बनेर २६ हजार ६६६ रुपैयाँ प्राप्त गरेका छन्। तृतीय उपविजेता बीपीसी नाइट्सलाई गिफ्ट ह्याम्पर तथा लन्च/डिनर कुपन प्रदान गरिएको थियो।

ADVERTISEMENT

व्यक्तिगत विधातर्फ सीसीए च्यालेन्जर्सका दिवास सिलवाल प्लेयर अफ द टुर्नामेन्ट घोषित हुँदै २० हजार रुपैयाँ पुरस्कार पाए। उनी नै उत्कृष्ट ब्याट्सम्यानसमेत बनेर १३ हजार ३३३ रुपैयाँ प्राप्त गरे। सिड च्यालेन्जर्सका अनन्त गौतम उत्कृष्ट बलर घोषित भए र १३ हजार ३३३ रुपैयाँ पाए।

प्रतियोगितामा कुल २८ वटा म्यान अफ द म्याच पुरस्कार प्रदान गरिएको थियो। प्रत्येक पुरस्कारको राशि १ हजार ३३३ रुपैयाँ थियो। त्यस्तै, बीईजी र बीपीसीबीच भएको मैत्रीपूर्ण खेलमा बीपीसी विजयी भएको थियो।

ADVERTISEMENT

प्रतियोगिताको टाइटल स्पोन्सर एसीसीए, गोल्ड स्पोन्सर आवान ट्रेडिङ, सिल्भर स्पोन्सर अस्ट्रिक्स एजुकेसन हब, कम्युनिटी सपोर्टर एजीके पार्टनर्स र हस्पिटल पार्टनर शुभम इन्टरनेशनल हस्पिटल रहेका थिए।

द ब्रिटिश कलेजको भगिनी संस्था बीपीसीले सन् २०१३ देखि नेपालमा एसीसीए कार्यक्रम सञ्चालन गर्दै आएको छ। कलेजले नेपालमा एसीसीएको प्लेटिनम स्टाटस प्राप्त गरेको जनाएको छ।