काठमाडौं । ब्रिटिश प्रोफेसनल कलेज (बीपीसी)ले आयोजना गरेको एसीसीए प्रेजेन्ट्स : बीपीसी क्रिकेट लिग २०२६ सम्पन्न भएको छ। सेप्टेम्बर २३ देखि २६ सम्म चार दिन चलेको प्रतियोगिताको फाइनलमा सिड च्यालेन्जर्सले उपाधि जित्दै ८० हजार रुपैयाँ नगद पुरस्कार हात पारेको छ।

काठमाडौंको बुढानीलकण्ठ–चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा आयोजित इन्डोर क्रिकेट प्रतियोगितामा एसीसीएसँग आबद्ध १६ टोली सहभागी भएका थिए। एसीसीएका विद्यार्थी, एफिलिएट, सदस्य, स्वीकृत लर्निङ पार्टनर, स्वीकृत रोजगारदाता तथा व्यक्तिगत एसीसीए सदस्य समूहका टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए।

ADVERTISEMENT

प्रतियोगितामा सर्टिफाइड कलेज अफ एकाउन्टेन्सी (सीसीए), ब्रिटिश प्रोफेसनल कलेज, सिड एकेडेमी, लर्निङ पार्क, ब्राइट एकेडेमी, फिनटी लर्निङ हब, शिक्षा एकेडेमी, जीएनएस अस्त्रा, स्लुगर्स र एजीके पार्टनर्सलगायत संस्थाका टोली सहभागी थिए। केही संस्थाले एकभन्दा बढी टोलीसमेत मैदानमा उतारेका थिए।

ADVERTISEMENT

सिड च्यालेन्जर्स च्याम्पियन

रोमाञ्चक प्रतिस्पर्धापछि सिड च्यालेन्जर्सले उपाधि जितेको हो। विजेता टोलीले ८० हजार रुपैयाँ नगद पुरस्कार पाएको छ।

सीसीए आरसीबी प्रथम उपविजेता बन्दै ५३ हजार ३३३ रुपैयाँ तथा सीसीए गोर्खाज द्वितीय उपविजेता बन्दै २६ हजार ६६६ रुपैयाँ प्राप्त गरे। यस्तै, तृतीय उपविजेता बीपीसी नाइट्सलाई गिफ्ट ह्याम्पर तथा लन्च/डिनर कुपन प्रदान गरिएको आयोजकले जनाएको छ।

ADVERTISEMENT

दिवास सिलवाल प्लेयर अफ द टुर्नामेन्ट

व्यक्तिगत विधातर्फ सीसीए च्यालेन्जर्सका दिवास सिलवाल प्लेयर अफ द टुर्नामेन्ट घोषित भए। उनले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

सिलवाल नै उत्कृष्ट ब्याट्सम्यानसमेत बनेका छन्। उत्कृष्ट ब्याट्सम्यानतर्फ उनले १३ हजार ३३३ रुपैयाँ पाए। त्यस्तै, सिड च्यालेन्जर्सका अनन्त गौतम उत्कृष्ट बलर घोषित हुँदै १३ हजार ३३३ रुपैयाँ पुरस्कार प्राप्त गरे।

प्रतियोगिताका विभिन्न खेलमा गरी २८ वटा म्यान अफ द म्याच पुरस्कार प्रदान गरिएको थियो। प्रत्येक पुरस्कारको राशि १ हजार ३३३ रुपैयाँ रहेको आयोजकले जनाएको छ।

यसैबीच, बीईजी र बीपीसीबीच भएको मैत्रीपूर्ण खेलमा बीपीसी विजयी भएको थियो।

प्रतिस्पर्धासँगै नेटवर्किङ र नेतृत्वमा जोड

बीपीसीका अनुसार प्रतियोगिता एसीसीएका विद्यार्थी, व्यवसायी तथा सदस्यलाई कक्षाकोठा र कार्यस्थलबाहिर समेत जोड्ने उद्देश्यले आयोजना गरिएको हो।

क्रिकेट प्रतियोगितामार्फत सहकार्य, नेतृत्व, सञ्चार, नेटवर्किङ र खेलभावना प्रवर्द्धन गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको टाइटल स्पोन्सर एसीसीए रहेको थियो। आवान ट्रेडिङ गोल्ड स्पोन्सर, अस्ट्रिक्स एजुकेसन हब सिल्भर स्पोन्सर, एजीके पार्टनर्स कम्युनिटी सपोर्टर तथा शुभम इन्टरनेशनल हस्पिटल हस्पिटल पार्टनरका रूपमा रहेका थिए।

सन् २०१३ देखि नेपालमा एसीसीए कार्यक्रम

ब्रिटिश प्रोफेसनल कलेज द ब्रिटिश कलेजको भगिनी संस्था हो। बीपीसीले सन् २०१३ देखि नेपालमा एसीसीए कार्यक्रम सञ्चालन गर्दै आएको छ।

कलेजले नेपालमा एसीसीएको उच्चतम प्रोभाइडर स्तर ‘प्लेटिनम स्टाटस’ प्राप्त गरेको जनाएको छ।