काठमाडौं । कन्ज्युमर टेक्नोलोजी ब्रान्ड Ultima Lifestyle ले दशैंलाई लक्षित गर्दै ‘Dashain Mela 3.0: तेस्रो अध्याय, तीन गुणा धमाका’ अभियान सार्वजनिक गरेको छ। कम्पनीका अनुसार अभियान ३० सेप्टेम्बर २०२६ राति ८ बजेदेखि १५ अक्टोबर २०२६ सम्म सञ्चालन हुनेछ।
अभियानअन्तर्गत ग्राहकले Ultima उत्पादनमा ७० प्रतिशतसम्म छुट, विशेष कम्बो अफर, निश्चित खरिदमा निःशुल्क ग्याजेट, वेबसाइटमा विशेष अफर, रु. २५ लाखसम्मका पुरस्कार, ० प्रतिशत EMI तथा सीमित समयका Rush Hour Offers प्राप्त गर्न सक्नेछन्।
७० प्रतिशतसम्म छुट
Dashain Mela 3.0 अन्तर्गत अडियो, वेयरेबल्सलगायत चयनित Ultima Lifestyle उत्पादनमा ७० प्रतिशतसम्म छुट उपलब्ध हुने कम्पनीले जनाएको छ।
अभियानमा विशेष ‘Malamaal Combos’ पनि राखिएको छ। Soundbar, Ultima Prime, E400 र Boost 20K Pro सम्मिलित कम्बो रु. २४,९९९ मा उपलब्ध हुनेछ। यी उत्पादनको संयुक्त मूल्य रु. ४२,९९९ रहेको कम्पनीको भनाइ छ।
त्यस्तै, Ultima Watch Navigator र Ultima Aura Earbuds को कम्बो रु. ८,९९९ मा उपलब्ध हुनेछ। उक्त कम्बोको संयुक्त मूल्य रु. १८,००० रहेको छ।
वेबसाइटबाट खरिदमा थप अफर
कम्पनीको आधिकारिक वेबसाइटबाट पहिलोपटक खरिद गर्ने ग्राहकले रु. २०० को Flat Promo Code प्राप्त गर्नेछन्।
यसैगरी, ‘Dashain Dakshina Rush Hour Sale’ अन्तर्गत वैकल्पिक दिनमा १०० जना ग्राहकले एक घण्टाका लागि उपलब्ध विशेष डिलमा खरिद गर्ने अवसर पाउनेछन्। यी अफर सीमित समयका लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ।
Spin & Win मा २५ लाखसम्मका पुरस्कार
अभियानअन्तर्गत ग्राहकले ‘Spin & Win’ मा सहभागी भएर रु. २५ लाखसम्मका पुरस्कार जित्ने अवसर पनि पाउनेछन्।
पुरस्कारमा Thailand Trip, Gold Coins तथा Adventure Sports Experiences लगायतका पुरस्कार समावेश छन्। Ultima का आधिकारिक वेबसाइट वा आधिकारिक आउटलेटबाट खरिद गर्ने ग्राहकले यसमा सहभागी हुन सक्नेछन्।
० प्रतिशत EMI सुविधा
ग्राहकलाई उत्पादन खरिदमा सहजता प्रदान गर्न कम्पनीले ० प्रतिशत ब्याजदरको EMI सुविधा समेत उपलब्ध गराएको छ। ग्राहकले आधिकारिक वेबसाइटमार्फत उपलब्ध लचिलो EMI विकल्प प्रयोग गर्न सक्नेछन्।
निश्चित खरिदमा निःशुल्क ग्याजेट
अभियानमा निश्चित रकमभन्दा माथिको खरिदमा विभिन्न ग्याजेट निःशुल्क दिने व्यवस्था पनि गरिएको छ।
- रु. १२,००० को खरिदमा Ultima Boom 141 Earbuds
- रु. १५,००० को खरिदमा Ultima Boost 20K Pro Powerbank
- रु. २०,००० को खरिदमा Ultima Marvel Speaker
यी उत्पादनमा पनि विशेष मूल्य
Dashain Mela 3.0 अन्तर्गत कम्पनीले केही लोकप्रिय उत्पादनलाई विशेष मूल्यमा उपलब्ध गराउने जनाएको छ।
- Clear Mic — रु. ३,४४९
- 20K Mini — रु. ३,१९९
- Navigator — रु. ६,४९९
- Boom 141 — रु. १,९४९
- Bass 430 — रु. २,१९९
कहाँबाट पाइन्छ अफर?
कम्पनीका अनुसार Dashain Mela 3.0 का अफरहरू Ultima Lifestyle को आधिकारिक वेबसाइट तथा नेपालभर रहेका आधिकारिक स्टोरहरूबाट प्राप्त गर्न सकिनेछ।
यसका साथै Daraz, Jeevee, Khalti र Pathao Shop बाट पनि अभियानअन्तर्गतका उत्पादन तथा अफर उपलब्ध हुनेछन्।
कम्पनीले सबै छुट, उपहार, पुरस्कार तथा सीमित समयका अफर उपलब्धता र अभियानका नियम तथा सर्तअनुसार लागू हुने जनाएको छ।








