काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा ५ अर्ब ४० करोड ९५ लाख २७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

नेपाल बीमा प्राधिकरणका अनुसार साउनमा सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीले विभिन्न प्रकारका बीमालेख बिक्रीबाट उक्त रकम संकलन गरेका हुन्।

ADVERTISEMENT

कम्पनीहरूले सम्पत्ति, सामुद्रिक, हवाई, मोटर, इन्जिनियरिङ तथा ठेकेदार, विविध, कृषि तथा बाली, लघु, दायित्व र स्वास्थ्य बीमाबाट बीमाशुल्क आर्जन गरेका छन्।

ADVERTISEMENT

प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै बीमाशुल्क बागमती प्रदेशबाट संकलन भएको छ।

बागमतीबाट मात्रै ३ अर्ब ६० करोड ६६ लाख २५ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको प्राधिकरणले जनाएको छ।

ADVERTISEMENT

त्यसपछि लुम्बिनीबाट ४२ करोड ९७ लाख १९ हजार, कोशीबाट ४१ करोड ९६ लाख ९७ हजार र मधेशबाट ३५ करोड ३७ लाख ३५ हजार रुपैयाँ संकलन भएको छ।

यस्तै, गण्डकीबाट २५ करोड ५४ लाख ४२ हजार र सुदूरपश्चिमबाट ९ करोड ९ लाख ९९ हजार रुपैयाँ बीमाशुल्क आर्जन भएको छ।

सबैभन्दा कम बीमाशुल्क भने कर्णाली प्रदेशबाट ३ करोड ८६ लाख २८ हजार रुपैयाँ मात्रै संकलन भएको छ।

कुन प्रदेशमा कति बीमाशुल्क?

प्रदेश कुल बीमाशुल्क
बागमती ३ अर्ब ६० करोड ६६ लाख २५ हजार
लुम्बिनी ४२ करोड ९७ लाख १९ हजार
कोशी ४१ करोड ९६ लाख ९७ हजार
मधेश ३५ करोड ३७ लाख ३५ हजार
गण्डकी २५ करोड ५४ लाख ४२ हजार
सुदूरपश्चिम ९ करोड ९ लाख ९९ हजार
कर्णाली ३ करोड ८६ लाख २८ हजार

प्राधिकरणका अनुसार कोशी प्रदेशमा सम्पत्ति बीमाबाट १७ करोड ५६ लाख ९२ हजार, सामुद्रिकबाट ५ करोड ५५ लाख ६४ हजार, मोटरबाट १० करोड १७ लाख ७४ हजार र इन्जिनियरिङ तथा ठेकेदारसम्बन्धी बीमाबाट २ करोड ७१ लाख ४२ हजार रुपैयाँ संकलन भएको छ।

त्यस्तै, विविध बीमाबाट १ करोड ८० लाख ८६ हजार, कृषि तथा बालीबाट ३ करोड ४ लाख ६४ हजार, लघु बीमाबाट ९० लाख ८७ हजार र स्वास्थ्य बीमाबाट १८ लाख ८७ हजार रुपैयाँ संकलन भएको छ।

मधेश प्रदेशमा सम्पत्ति बीमाबाट १५ करोड ५ लाख ८२ हजार, सामुद्रिकबाट ३ करोड ४ लाख ४३ हजार, मोटरबाट ९ करोड ४९ लाख ४४ हजार र इन्जिनियरिङ तथा ठेकेदारसम्बन्धी बीमाबाट ३ करोड ६५ लाख ८ हजार रुपैयाँ संकलन भएको छ।

विविध बीमाबाट ९२ लाख ५२ हजार, कृषि तथा बालीबाट १ करोड ६८ लाख ५५ हजार, लघु बीमाबाट ७० लाख ४० हजार, दायित्व बीमाबाट १ लाख ४५ हजार र स्वास्थ्य बीमाबाट ५५ लाख २२ हजार रुपैयाँ संकलन भएको छ।

बागमती प्रदेशमा सम्पत्ति बीमाबाट १ अर्ब २ करोड ३२ लाख ९६ हजार, सामुद्रिकबाट ३१ करोड २५ लाख ४६ हजार, हवाईबाट १३ करोड ४१ लाख २८ हजार र मोटरबाट ७३ करोड २२ लाख ३६ हजार रुपैयाँ बीमाशुल्क आर्जन भएको छ।

त्यस्तै, इन्जिनियरिङ तथा ठेकेदारसम्बन्धी बीमाबाट ६१ करोड ७ लाख ३१ हजार, विविधबाट ५० करोड ८२ लाख ५६ हजार, कृषि तथा बालीबाट ५ करोड २६ लाख ९२ हजार, लघु बीमाबाट ३ करोड ४८ लाख ४५ हजार, दायित्व बीमाबाट १ करोड २४ लाख १३ हजार र स्वास्थ्य बीमाबाट २८ करोड ३८ लाख ९१ हजार रुपैयाँ संकलन भएको छ।

गण्डकी प्रदेशमा सम्पत्ति बीमाबाट ५ करोड ४८ लाख ४४ हजार, सामुद्रिकबाट ३५ लाख, हवाईबाट ३ लाख ४४ हजार, मोटरबाट ९ करोड ६३ लाख १४ हजार र इन्जिनियरिङ तथा ठेकेदारसम्बन्धी बीमाबाट २ करोड ३४ लाख ९० हजार रुपैयाँ संकलन भएको छ।

विविधबाट २ करोड ४४ लाख ६० हजार, कृषि तथा बालीबाट २ करोड ४६ लाख २३ हजार, लघु बीमाबाट ४९ लाख ४८ हजार, दायित्वबाट २ लाख ९८ हजार र स्वास्थ्य बीमाबाट २ करोड २५ लाख १५ हजार रुपैयाँ संकलन भएको छ।

लुम्बिनी प्रदेशमा सम्पत्ति बीमाबाट १४ करोड ६२ लाख २ हजार, सामुद्रिकबाट २ करोड २९ लाख ८ हजार, मोटरबाट १४ करोड ४८ लाख ४२ हजार र इन्जिनियरिङ तथा ठेकेदारसम्बन्धी बीमाबाट ४ करोड ५४ लाख ६२ हजार रुपैयाँ संकलन भएको छ।

विविधबाट २ करोड ९९ लाख ९० हजार, कृषि तथा बालीबाट २ करोड ४९ लाख ४८ हजार, लघु बीमाबाट ९९ लाख ८५ हजार, दायित्वबाट २३ हजार र स्वास्थ्य बीमाबाट ५३ लाख ७६ हजार रुपैयाँ बीमाशुल्क आर्जन भएको छ।

कर्णाली प्रदेशमा सम्पत्ति बीमाबाट ९९ लाख २२ हजार, सामुद्रिकबाट १ लाख १६ हजार, मोटरबाट १ करोड ४४ लाख ८८ हजार र इन्जिनियरिङ तथा ठेकेदारसम्बन्धी बीमाबाट ४५ लाख ३१ हजार रुपैयाँ संकलन भएको छ।

त्यस्तै, विविधबाट २८ लाख ५० हजार, कृषि तथा बालीबाट ४९ लाख ५० हजार, लघु बीमाबाट १५ लाख ३४ हजार, दायित्वबाट १३ हजार र स्वास्थ्य बीमाबाट ४ लाख ६४ हजार रुपैयाँ संकलन भएको छ।

सुदूरपश्चिम प्रदेशमा सम्पत्ति बीमाबाट २ करोड ३ लाख ९० हजार, सामुद्रिकबाट १५ लाख २३ हजार, मोटरबाट ४ करोड ३२ लाख ६४ हजार र इन्जिनियरिङ तथा ठेकेदारसम्बन्धी बीमाबाट १ करोड ३७ लाख ४ हजार रुपैयाँ संकलन भएको छ।

विविधबाट ३९ लाख ५६ हजार, कृषि तथा बालीबाट ६३ लाख ५१ हजार, लघु बीमाबाट ३१ लाख ४८ हजार, दायित्वबाट २० हजार र स्वास्थ्य बीमाबाट ७ लाख ५ हजार रुपैयाँ बीमाशुल्क आर्जन भएको प्राधिकरणले जनाएको छ।