काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको ‘अचम्मैको महा एक्सचेन्ज’ मेला भोलिदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।
नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले असोज १२ देखि १८ गतेसम्म एक्सचेन्ज मेला आयोजना गर्न लागेको हो। मेलामा ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ टीभीएस मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् ।
कम्पनीका अनुसार एक्सचेन्जमा १०० प्रतिशतसम्म क्यासब्याक, गोल्ड की तथा १० लाख रुपैयाँसम्मको क्यास डिस्काउन्ट लगायतका अफर उपलब्ध हुनेछन् ।
पुराना सवारीसाधनको मूल्यांकनका लागि कम्पनीले ५० भन्दा बढी भ्यालुएटरको व्यवस्था गरेको जनाएको छ । साथै, मेलामा हरेक दिन दुई जना भाग्यशाली ग्राहकलाई पाँच वर्षसम्म निःशुल्क सर्भिस उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
नयाँ टीभीएस खरिदका लागि फाइनान्स सुविधा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ। नागरिकता र ड्राइभिङ लाइसेन्सका आधारमा फाइनान्समार्फत मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने छ ।
मेलामा एक्सचेन्ज तथा खरिद–बिक्रीसँगै जिमखाना, टेस्ट राइड, गेम्स र फुड स्टल लगायतका गतिविधि पनि सञ्चालन हुनेछन् । जगदम्बा मोटर्सले मेलामार्फत ग्राहकलाई पुरानो सवारीसाधन एक्सचेन्ज गरी नयाँ टीभीएस खरिद गर्ने अवसरसँगै विभिन्न सुविधा उपलब्ध गराउने जनाएको छ ।








