काठमाडौं । पाल्पाका छुट्टाछुट्टै स्थानमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।

माथागढी गाउँपालिका–२ रुप्सेमा गएराति पहिरोले घर पुरिँदा ७५ वर्षीय शेरबहादुर चिदी घाइते भएका थिए। उद्धार गरी उपचारका लागि स्वास्थ्यचौकी पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका वडाध्यक्ष वोमबहादुर ठाडामगरले जानकारी दिए।

ADVERTISEMENT

पहिरोले घर पुरिँदा चिदीकी श्रीमती भने शौच गर्न बाहिर गएकाले सकुशल रहेको बताइएको छ।

ADVERTISEMENT

यस्तै, अविरल वर्षाका कारण माथागढी गाउँपालिका–३ भैसकट्टामा दुई वटा घर पहिरोले पुरिएका छन्। पहिरोमा परी तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

आइतबार बिहान करिब साढे ४ बजे लिलबहादुर घर्ती मगरको घरमाथि पहिरो खसेको हो। पहिरोमा परी ७५ वर्षीय लिलबहादुर घर्ती मगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्ती बेपत्ता भएका छन्।

ADVERTISEMENT

बेपत्ताको उद्धारका लागि जनप्रतिनिधिसहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा पुगेका छन्। ठूलो पहिरो भएकाले उद्धारमा समय लाग्ने माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताएका छन्।

घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।