काठमाडौँ । भोटेकोशी नदीको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारको पुनःस्थापनाका लागि पहिचान गरिएको छ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गठित समितिले अध्ययन गरी सम्भावित पुनःस्थापना क्षेत्र सिफारिससहितको प्रतिवेदन मन्त्रालयमा बुझाएको हो।
पुनःस्थापनाका लागि २७७ कित्ता गरी ३ हजार २७९ रोपनी जग्गा पहिचान गरिएको हो । पहिचान गरिएका जग्गामध्ये रसुवामा १७७, नुवाकोटमा ९४ र धादिङमा ६ कित्ता रहेका छन्।





