काठमाडौं । हुन्डाईको चर्चित कम्प्याक्ट एसयूभी All-New VENUE अब भैरहवा, बुटवल र दाङमा पनि उपलब्ध भएको छ। यससँगै यी क्षेत्रका ग्राहकले हुन्डाईको नयाँ पुस्ताको VENUE प्रत्यक्ष हेर्न तथा परीक्षण गर्न सक्नेछन्।
नयाँ VENUE मा बोल्ड र फराकिलो डिजाइनसँगै आधुनिक प्रविधि, आरामदायी इन्टेरियर र सुरक्षा सुविधाहरू समावेश गरिएको छ। गाडीको बाहिरी डिजाइनमा Twin Horn LED DRLs, Horizon LED Rear Combination Lamps, Dark Chrome Grille र Signature C-Pillar Garnish दिइएको छ।
क्याबिनमा 10.25 इन्च ccNC Infotainment System, Wireless Apple CarPlay तथा Android Auto, Digital Cluster र Powered Tilt-and-Slide Sunroof लगायतका फिचर उपलब्ध छन्।
पर्फर्मेन्सतर्फ All-New VENUE मा Kappa 1.2-litre MPi Petrol र Kappa 1.0-litre Turbo GDi Petrol इन्जिनको विकल्प दिइएको छ। यसले सामान्य दैनिक यात्रादेखि थप प्रतिक्रियाशील टर्बो पर्फर्मेन्ससम्मका विकल्प उपलब्ध गराउँछ।
सुरक्षाका लागि गाडीमा ६ एयरब्याग, ABS with EBD, Electronic Stability Control (ESC), Vehicle Stability Management (VSM) र Hill-start Assist Control (HAC) जस्ता सुविधा दिइएको छ।
नेपाली बजारमा All-New VENUE को सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। यो गाडी HX 2 (1,197cc Petrol), HX 5+ (1,197cc Petrol) र HX 5 DCT (998cc Petrol) गरी तीन भेरियन्टमा उपलब्ध छ।
All-New VENUE अब भैरहवा, बुटवल र दाङस्थित हुन्डाईका सोरुममा उपलब्ध रहेको कम्पनीले जनाएको छ। ग्राहकले सोरुममै पुगेर गाडीको डिजाइन, प्रविधि, इन्टेरियर तथा पर्फर्मेन्सबारे जानकारी लिन सक्नेछन्।






