राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश सिंहले छठ पर्वको भोलिपल्ट जनकपुरधामबाट मेची–महाकाली पदयात्रा सुरु गर्ने घोषणा गरेका छन्।आइतबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले मधेशलाई थप बुझ्न र देशका विभिन्न समुदायलाई जोड्न पदयात्रा गर्न लागेको बताए।

उनले पदयात्राको मुख्य उद्देश्य ‘समाज जोड्नुपर्छ’ रहेको बताए। पदयात्राका क्रममा आफू कम बोल्ने र जनताको कुरा बढी सुन्ने उनको भनाइ छ।सिंहका अनुसार उनले दैनिक करिब पाँच घण्टा हिँड्ने र सात घण्टा जनतासँग संवाद गर्नेछन्। जनकपुरधामबाट गाग्रोमा माटो र पानी लिएर यात्रा सुरु गरी माघेसंक्रान्तिका दिन महाकाली नदीमा जौ–तिल राखेर विसर्जन गर्ने योजना उनले सुनाए।

ADVERTISEMENT

मधेशमा शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, सुरक्षा र सरसफाइ गरी ६ वटा ‘स’ मा परिवर्तन आवश्यक रहेको पनि सिंहले बताए।सरकारले मधेशलाई पर्याप्त प्राथमिकता नदिएको आरोप लगाउँदै उनले वर्तमान सरकारका कमीकमजोरीबारे आफूले बोलिरहेको र सुधारका लागि दबाब दिइरहेको समेत बताए।

ADVERTISEMENT