काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ प्रमाणीकरण गरेका छन्।
संघीय संसदबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयकलाई राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
संघीय संसदको अभिलेखअनुसार उक्त विधेयक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दर्ता भएको थियो र प्रतिनिधिसभाबाट पारित भएको थियो।





