चितवन । चाङआनको विद्युतीय सवारी ब्रान्ड नेभोको नयाँ एसयूभी ‘नेभो क्यू०५’ आगामी साता चितवनमा सार्वजनिक हुने भएको छ। चितवनका लागि आधिकारिक बिक्रेता राजहंस अटोमोबाइल प्रालिले नयाँ विद्युतीय एसयूभी सार्वजनिक गर्ने तयारी थालेको जनाएको छ।

नेभो क्यू०५ मा फराकिलो केबिन, आरामदायी सिट, आधुनिक डिजाइन तथा विभिन्न प्रविधियुक्त सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ। २,७३५ मिलिमिटर ह्विलबेस रहेको गाडीमा पछाडिको सिटमा तीन जनासम्म बस्न सकिने बताइएको छ। पछाडिका सिटलाई २८ वा ३३ डिग्रीसम्म ढल्काउन सकिने सुविधा पनि रहेको छ।

ADVERTISEMENT

गाडीमा नौ तहको सिट संरचना तथा केबिनमा सफ्ट–टच सामग्री प्रयोग गरिएको कम्पनीले जनाएको छ। सडक तथा गाडीबाट आउने आवाज कम गर्न ६७ भन्दा बढी ध्वनि नियन्त्रण उपाय अपनाइएको दाबी कम्पनीको छ।

ADVERTISEMENT

नेभो क्यू०५ को डिजाइन चाङआनको विश्वव्यापी डिजाइन उपाध्यक्ष क्लाउस जिकोरा नेतृत्वको टोलीले गरेको हो। ३१ देशका ९१५ भन्दा बढी डिजाइन विज्ञ संलग्न रहेको टोलीले तयार पारेको डिजाइनले सन् २०२६ को गोल्डेन पिन डिजाइन अवार्डसमेत प्राप्त गरेको कम्पनीले जनाएको छ।

प्रविधितर्फ गाडीमा डिजिटल विन्ड २.०, फ्रन्ट सिग्नेचर तथा स्टार रिङ म्याट्रिक्स टेललाइट दिइएको छ। गाडीको ड्र्याग गुणांक ०.२६५ रहेको बताइएको छ।

ADVERTISEMENT

ब्याट्रीतर्फ ५१.९ किलोवाट आवर क्षमताको ब्याट्री तथा गोल्डेन शिल्ड ब्याट्री प्रविधि प्रयोग गरिएको छ। तीन सी फास्ट चार्जिङमार्फत करिब १५ मिनेटमा ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ।

गाडीमा ५४० डिग्री क्यामेरा तथा भेरियो भिजनअनुसार १८ वटासम्म चालक सहायता सुविधा उपलब्ध हुने जनाइएको छ। चितवनमा सार्वजनिक भएपछि नेभो क्यू०५ को मूल्य तथा नेपालमा उपलब्ध हुने भेरियन्टबारे थप जानकारी सार्वजनिक हुने अपेक्षा गरिएको छ।