काठमाडौं । उपत्यकाका ६ रुटमा २८ रात्रि बस सञ्चालन हुने भएका छन् । असोज ३ बाट काठमाडौं उपत्यकाका ६ रुटमा २८ रात्रि बसले सेवा दिने भएका हुन् ।
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा सरोकारवालहरूसँग बसेको बैठकले असोज ३ गतेबाट रात्रि बस सञ्चालनको निर्णय गरेको हो ।
काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाले साझा यातायातसँगको समन्वयमा गत वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्दै आएका छन् ।
यो सेवालाई विस्तार गरेर उपत्यकाको उत्तर दक्षिण र पूर्व पश्चिम दुवै भागलाई जोड्ने गरी गोदावरीदेखि बुढानीलकण्ठसम्म ६ वटा, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म ६ वटा, एअरपोर्टदेखि चन्द्रागिरीको नागढुंगासम्म चारवटा बस चल्नेछन् ।
यस्तै, कीर्तिपुरदेखि काठमाडौँको नयाँ सडक नेपाल बायु सेवा निगमसम्म चारवटा र चक्रपथमा दुईतर्फी फन्को लगाउन आठवटा बस सञ्चालन हुनेछन् ।






