रसुवा भोटेकोसी बाढी प्रभावितका लागि नेपाल टेलिकमले संस्थागतरूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड सहयोग रकम हस्तान्तरण गरेको छ।

बुधबार सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना र सचिव एवम् कम्पनी सञ्चालक समिति अध्यक्ष राजेन्द्रकुमार पौडेलको उपस्थितिमा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

ADVERTISEMENT

कार्यक्रममा प्रमुख सञ्चालन अधिकृत प्रेमप्रसाद सिलवाल, प्रमुख वित्तीय अधिकृत द्वारिकाप्रसाद पौडेल र प्रमुख व्यावसायिक अधिकृत गोपालसिंह केसी समेतको उपस्थिति थियो।

ADVERTISEMENT

यसअघि कम्पनीका कर्मचारीहरूको तर्फबाट २ करोड २ लाख २६ हजार ६६ रुपैयाँ रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण भइसकेको टेलिकमले जनाएको छ। कम्पनीले प्रभावित क्षेत्रका सेवाग्राहीलाई बाढीपश्चात ६ करोड रुपैयाँ बराबरको निःशुल्क कल, डाटा र एसएमएस सुविधा उपलब्ध गराएको छ।

नेपाल टेलिकमले विगतदेखि नै बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक विपद् र कोभिड महामारीको समयमा देश र नागरिकप्रति समर्पित भई निरन्तर आर्थिक तथा अन्य सहयोग उपलब्ध गराउँदै आएको छ। साथै, संस्थाथत सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ।

ADVERTISEMENT