काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा आयोजित जेनजी सहिद दिवस कार्यक्रममा आन्दोलनका घटनामा आधारित नाटक हेर्ने क्रममा तीन जना बेहोस भएपछि उपचारका लागि सिभिल अस्पताल लगिएको छ।

बुधबार बानेश्वरमा जेनजी सहिद दिवसका अवसरमा विभिन्न कार्यक्रम तथा नाटक प्रस्तुत गरिएको थियो। कार्यक्रममा गत वर्षको जेनजी आन्दोलनका क्रममा भएका कारुणिक घटनालाई नाटक तथा भिडियोमार्फत प्रस्तुत गरिएको थियो।

ADVERTISEMENT

प्रस्तुतिका क्रममा आन्दोलनकारीमाथि गोली प्रहार भएको, मानिसहरू घाइते भएको तथा मृत्यु भएका दृश्य देखाइएको थियो। ती दृश्य हेर्ने क्रममा केही दर्शकले असहज महसुस गरेका थिए।

ADVERTISEMENT

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार असहज महसुस गरेका तीन जनालाई उपचारका लागि सिभिल अस्पताल लगिएको हो।

उनका अनुसार नाटक तथा भिडियोमा देखाइएका घटनाका दृश्य हेरेपछि उनीहरूलाई असहज भएको थियो। त्यसपछि तत्काल उपचारका लागि अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT