काठमाडौं । अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा लगातार तेस्रो जित दर्ता गरेको छ।

काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबारको पहिलो खेलमा अन्नपूर्णले खप्तड फाल्कन्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो। अन्नपूर्णले खप्तडलाई २५-१५, २५-१५ र २९-२७ ले हरायो। अन्नपूर्णका एन्ख-एर्डेन जार्गाल्ट्सगोट ‘म्यान अफ द म्याच’ घोषित भए।

ADVERTISEMENT

पहिलो खेलमा कर्णाली शिवराजसँग ३-१ ले पराजित अन्नपूर्णले लगातार तेस्रो जित हात पारेको हो। अन्नपूर्णले काठमाडौँ रेड्सलाई ३-० तथा मधेस वारियर्सलाई ३-१ ले हराएको थियो।

ADVERTISEMENT

लगातार चौथो खेलमा पराजित भएपछि प्लेअफ दौडबाट बाहिरिएको छ। खप्तड पहिलो खेलमा सगरमाथा स्म्यासर्स, दोस्रोमा कर्णाली र तेस्रोमा मधेससँग समान ३-० को सोझो सेटमा पराजित भएको थियो।

केडिया ग्रुपको आयोजनामा जारी लिगमा ६ टिम सहभागी छन्। कुल ३२ लाख रुपैयाँ पुरस्कार राशि रहेको लिगको विजेताले २० लाख रुपैयाँ प्राप्त गर्नेछ। फाइनल खेल २७ गते हुनेछ।

ADVERTISEMENT