काठमाडौं । भोटेकोशी बाढीले बगाएका १ हजार ३६७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार बिहान विवरण सार्वजनिक गर्दै बाढीबाट मृत्यु भएका मध्ये १ हजार ३६७ जनाको शव फेला परेको जनाएको छ ।

फेला परेका शवमध्ये १०२ वटा सनाखत भइसकेको छ। मृतकमध्ये रसुवामा १७४,नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, नवलपरासी पूर्वमा २२६, नवलपरासी पश्चिममा २२२, तनहुँमा ३८ र चितवनमा ३६३ जनाको शव फेला परेको छ। जसमध्ये कतिपयको आंशिक मानव अंग मात्र रहेको छ ।

ADVERTISEMENT

प्राधिकरणका अनुसार ५ हजार १३२ जना अझै सम्पर्कविहीन छन्। सम्पर्क बिहीन हुने ५८७ विदेशी नागरिक रहेका छन् ।

ADVERTISEMENT

हालसम्म १३ हजार ६४६ को उद्धार गरिएको छ। खोज तथा उद्धारका लागि २१ हजार १८५ सुरक्षाकर्मी परिचालन गरिएको छ । हालसम्म १२६४ पटक हेलिकोप्टर उडान गरिएको छ ।