काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावितहरूलाई मासिक १५ हजारका दरले राहत उपलब्ध गराउने भएको छ । चार जनासम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँका दरले रकम दिने निर्णय भएको हो । ४ जनाभन्दा बढी परिवार भए थप २ हजार थपेर दिइने भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन गरी ७ हजार ५ सय ७० वटा निजी घरहरूमा क्षति पुगेकोले उनीहरूलाई सहायता उपलब्ध गराउने निर्णय भएको हो ।

ADVERTISEMENT

बाढीबाट ४८ वटा सार्वजनिक भवन, १८ वटा विद्यालय, ७ वटा स्वास्थ्य संस्था र ३० वटा सांस्कृतिक सम्पदामा क्षति पुगेको छ ।

ADVERTISEMENT

यो क्षेत्रका लागि १ खर्ब ३ अर्ब ५४ करोड ९९ लाख बजेट आवश्यक पर्ने अनुमान गरिएको छ ।