काठमाडौं । भोटेकोसी बाढी प्रभावितका लागि नेपाल टेलिकमका कर्मचारीले दुई करोड रुपैयाँ सहयोग गरेका छन्।

टेलिकमका कर्मचारीको तर्फबाट दुई  दुई लाख २६ हजार ६६ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। सोमबार टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले सहयोग रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकी छन्।

ADVERTISEMENT

रसुवाको भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सम्पूर्ण कर्मचारीको तर्फबाट सहयोग गरिएको टेलिकमले जनाएको छ। नेपाल टेलिकमले संस्थागत रूपमा समेत केही दिनभित्रै थप सहयोग गर्ने भएको छ।

ADVERTISEMENT