काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करण आजदेखि सुरु हुँदै छ । केडिया ग्रुपद्वारा आयोजित यो लिग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ ।

प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्दै छन् । प्रतिस्पर्धी टोलीले राउन्ड रोबिन प्रणालीमा एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । जसबाट शीर्षस्थानमा रहने टोलीले सिधै फाइनलमा स्थान बनाउनेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन् ।

ADVERTISEMENT

एनभीएलको पहिलो संस्करणमा सगरमाथा स्म्यासर्स, मधेस वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किंग्स, कर्णाली यशविस र खप्तड फाल्कन्स सुदूरपश्चिमले प्रतिस्पर्धा गर्नेछन् ।

ADVERTISEMENT

पहिलो दिनको खेलमा आज मधेश वारियर्स र सगरमाथा त्यासर्स उद्घाटन खेलमा भिड्नेछन् । दोस्रो खेलमा कर्णाली शिवराज र अन्नपूर्ण स्पाइकर्स भिड्नेछन् । आजको खेलबाट उठेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने आयोजकले जनाएको छ ।

खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर व्याक्समा आउनेछ । टिकट खल्ती वालेटबाट लिन सकिनेछ । प्रतियोगिताको मुख्य प्रायोजकमा एनर्जी ड्रिंक छ ।
प्रतियोगिताको कुल पुरस्कार रकम ३२ लाख रुपैयी रहेको र च्याम्पियन टोलीले २० लाख रुपैयाँ पाउनेछ । बाँकी १२ लाख उपविजेता लगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीले पाउनेछन् ।

ADVERTISEMENT

खेल दिउँसो  ४ बजे सुरु हुनेछ । आजै राति ७ बजे सुरु हुने खेलमा अन्नपूर्ण  र कर्णालीबीच प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले २० लाख रुपैयाँ  प्राप्त गर्नेछ ।