काठमाडौं । मंगलबार बसेको सर्वदलीय बैठकले केन्द्रमा गठन गरिएको सर्वदलीय संयन्त्र प्रदेश र स्थानीय तहसम्म विस्तार गर्ने निर्णय गरेको छ।बैठकले विपद् प्रभावित नागरिकको उद्धार तथा राहतलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच समन्वय गर्ने निर्णय गरेको नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

राजनीतिक दलहरूले पनि उद्धार तथा राहत कार्यमा आवश्यक सहयोग र समर्थन गर्ने भएका छन्। केन्द्रमा जस्तै प्रदेश र स्थानीय तहमा समेत राजनीतिक दल तथा सरकारबीच समन्वय गरी राहत तथा उद्धारलाई व्यवस्थित बनाउने निर्णय भएको हो।

ADVERTISEMENT

बैठकले विपद्को समयमा राजनीतिक दलबीच सहकार्य गर्दै पीडित नागरिकको उद्धार र राहतलाई प्राथमिकतामा राख्ने निष्कर्ष निकालेको छ। विपद्को संवेदनशील अवस्थामा राहत तथा उद्धार कार्यलाई राजनीतिकरण नगरी सामूहिक प्रयासमा अघि बढाउने विषयमा समेत जोड दिइएको छ।

ADVERTISEMENT