काठमाडौँ । तिब्बततर्फबाट रसुवाको त्रिशूली नदीमा आएको बाढीबाट १६ जनाको मृत्यु भएको छ ।
त्यस्तै ३६ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालयले बुधबार पौने चार बजे दिएको जानकारीमा उल्लेख छ । प्रदेश प्रहरीका अनुसार रसुवामा १, नुवाकोटमा ९ र धादिङमा ६ जनाको मृत्यु भएको हो ।
मृतकमध्ये ७ महिला र ८ पुरुष रहेका छन् । एक जनाको पहिचान खुलेको छैन । त्यस्तै, रसुवामा १३, नुवाकोटमा १९ र धादिङबाट ३ घाइतेको उद्धार गरेको प्रहरीले जनाएको छ ।






