धादिङ । रसुवा हुँदै त्रिशूली नदीमा आएको बाढीले जिल्ला सदरमुकाम धादिङबेँसी आउने गजुरी गाउँपालिका–२ र सिद्दलेक–६ जोड्ने फुर्केखोला पुल बगाएको छ।

गजुरी–५ र सिद्दलेक–७ घाटबेसीको पुल, गजुरी–६ र सिद्दलेक–७ जोड्ने जरेखेतको पुल बगाएको छ । त्रिशूली नदीको पानी महेश दोभानबाट फर्किएर गल्छी–६ बैरेनी बजार जलमग्न भएको छ ।

बुधबार बिहान आएको बाढीले पुल बगाएपछि उक्त सडकखण्डमा आवागमन प्रभावित भएको छ। पुल बगेसँगै फुर्केखोला आसपासका बासिन्दालाई जिल्ला सदरमुकाम आवतजावत गर्न समस्या भएको छ। गल्छी, जिन्टेटार, मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित छ । बाढीको क्षतिको विवरण आउन बाँकी रहेको छ।

ADVERTISEMENT

ADVERTISEMENT