काठमाडौँ । प्रेस काउन्सिल नेपालले बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका आरोपितको बयान भन्दै प्रसारित भिडियो सामग्रीमा गम्भीर आचारसंहिता उल्लङ्घन भएको जनाएको छ।

काउन्सिलले उक्त घटनासम्बन्धी प्रकाशित तथा प्रसारित सामग्रीको अनुगमन गर्ने क्रममा कुल ३८ वटा सामग्री परीक्षण गरेको थियो। तीमध्ये २१ वटा सामग्री पत्रकार आचारसंहिता प्रतिकूल रहेको पाइएको काउन्सिलले जनाएको छ।

अनुगमनका क्रममा आरोपितको बयान भन्दै सम्प्रेषित भिडियो सामग्रीमा पीडित बालिकाको गोपनीयता, संवेदनशीलता तथा घटनाको मर्यादालाई प्रतिकूल असर पार्ने सामग्री समावेश भएको देखिएपछि काउन्सिलले सम्बन्धित सञ्चारमाध्यमलाई तत्काल सामग्री हटाउन टेलिफोनमार्फत निर्देशन दिएको थियो।

ADVERTISEMENT

काउन्सिलको निर्देशनपछि सम्बन्धित सञ्चारमाध्यमले उक्त भिडियो सामग्री हटाएको जनाइएको छ।

ADVERTISEMENT

बालबालिका तथा यौन हिंसासम्बन्धी घटनामा पीडितको पहिचान, गोपनीयता र सम्मानमा प्रतिकूल असर पर्ने विवरण वा दृश्य सार्वजनिक नगर्न सञ्चारमाध्यमलाई काउन्सिलले पटक–पटक सचेत गराउँदै आएको छ।

ADVERTISEMENT

778972795_1083940010952771_5755801326067012315_n