काठमाडौं । ब्रिटिश एजुकेसन ग्रुपअन्तर्गतको ब्रिटिश मोडल कलेज (बीएमसी) का विद्यार्थीहरूले क्याम्ब्रिज इन्टरनेसनल एएस एन्ड ए लेभल मे/जुन २०२६ परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका छन्।

परीक्षामा सहभागी १०६ विद्यार्थीजमध्ये ९४ प्रतिशत उत्तीर्ण भएका छन्। नतिजाअनुसार ७ जना विद्यार्थीले लगातार ए स्टार तथा ३३ जनाले लगातार ए ग्रेड हासिल गरेका छन्।

कलेजका अनुसार विद्यार्थीहरूको महिनौँदेखिको निरन्तर तयारी, शिक्षकहरूको समर्पण तथा अभिभावकको निरन्तर प्रोत्साहन र सहयोगका कारण उत्कृष्ट नतिजा हासिल भएको हो। कलेजले यो उपलब्धिले विद्यार्थीहरूको शैक्षिक प्रतिबद्धतासँगै सहयोगी सिकाइ वातावरणलाई समेत प्रतिबिम्बित गरेको जनाएको छ।

ADVERTISEMENT

ब्रिटिश एजुकेसन ग्रुपका हेड अफ स्कुल्स राजन कुमार राईले उत्कृष्ट नतिजाका लागि विद्यार्थी, शिक्षक तथा अभिभावकलाई बधाई दिएका छन्। उनले यो उपलब्धि बीएमसी तथा समग्र ब्रिटिश एजुकेसन ग्रुपका लागि गर्वको क्षण भएको बताए।

ADVERTISEMENT

विद्यार्थीमा शैक्षिक उत्कृष्टता, आत्मविश्वास र महत्त्वाकांक्षा विकास गर्ने वातावरण निर्माणप्रतिको प्रतिबद्धतालाई नतिजाले थप पुष्टि गरेको राईको भनाइ छ। विद्यार्थीलाई आगामी शैक्षिक तथा व्यावसायिक यात्रामा सफल बनाउन आवश्यक आधार प्रदान गर्न समूहले निरन्तर काम गर्ने उनले बताए।

ADVERTISEMENT

ए लेभल पूरा गरेका विद्यार्थीका लागि प्राप्त नतिजा उच्च शिक्षातर्फको आगामी यात्रा तथा भावी करियरका लागि महत्वपूर्ण उपलब्धि बनेको कलेजले जनाएको छ।

बीएमसीले उत्कृष्ट नतिजा हासिल गर्ने सबै विद्यार्थीलाई बधाई दिँदै उपलब्धिमा योगदान पुर्‍याउने शिक्षक, अभिभावक तथा सम्पूर्ण कलेज परिवारप्रति आभार व्यक्त गरेको छ।