काठमाडौं । भारतीय सेनाका प्रमुख धिरज सेठ नेपालको चार दिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौं आइपुगेका छन्।

प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा उनी नेपाल आएका हुन्।

भ्रमणका क्रममा उनी उच्चस्तरीय भेटघाट र कार्यक्रमहरुमा व्यस्त रहनेछन्। सोमबार उनलाई शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ सेनापतिको दर्जा दिने कार्यक्रम छ । सोमबार नै सेठ र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता हुनेछ ।

ADVERTISEMENT

भारतीय सेनापति सेठले मंगलबार प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग भेटवार्ता गर्ने भएका छन् । उनी बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।

ADVERTISEMENT

ADVERTISEMENT