काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा प्रदर्शनीमा राखिएका दुई पांग्रे सवारीमा ‘जेन–जी’ पुस्ताको चासो देखिएको छ ।
चार पांग्रे सवारीभन्दा दुई पांग्रे सवारीको स्टलमा विशेषत: २८ वर्षमुनिका युवाहरुको आकर्षण देखिन्छ ।
एक्स्पोमा होण्डा, रोयल इन्फिल्ड, बजाज, ट्रायम्फ, अल्ट्राभायोलेट, केटीएम, टीभीएसलगायत ब्राण्डका दुई पांग्रे सवारी प्रदर्शनीमा राखिएका छन् ।
एक्स्पोमा दुई पांग्रेका १८ वटा नयाँ ब्राण्ड सार्वजनिक गरिएका छन् । एक्स्पो साउन ३१ सम्म जारी रहने छ ।






