काठमाडौं । प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चारजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत, बिहार, सीतामढी जिल्ला, डुमरा थाना–६ बस्ने २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ प्रसौनी बस्ने ३२ वर्षीय उपेन्द्र साह, २६ वर्षीय सागरकुमार सर्राफ र विन्दवासिनी गाउँपालिका–१ झौवागुठी बस्ने २५ वर्षीय राहुलकुमार गुप्ता छन् ।

उनीहरूलाई सोमबार साँझ ६:३० बजे वीरगन्ज आदर्शनगरबाट मोटरसाइकलमा सवार रहेको अवस्थामा स्रोत नखुलेको नगद ५२ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

प्रहरीका अनुसार सुरज कर्णको साथबाट एक लाख रुपैयाँ, उपेन्द्र साहको साथबाट १८ लाख १६ हजार रुपैयाँ, सागरकुमार सर्राफको साथबाट १८ लाख ३४ हजार रुपैयाँ र राहुलकुमार गुप्ताको साथबाट १६ लाख रुपैयाँ बरामद भएको छ ।

ADVERTISEMENT

बरामद नगदसहित चारैजनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।