जनकपुरधाम । वरिष्ठ साहित्यकार तथा भाषाविद् डा. राजेन्द्र बिमलको ७९ वर्षको उमेरमा निधन भएको छ। उनको सोमबार राति पौने १ बजे उपचारका क्रममा निधन भएको उनका कान्छा छोरा डा. विभाष लाभले जानकारी दिए।

लाभका अनुसार सोमबार राति करिब साढे ११ बजेतिर कुराकानी गरिरहेका बेला बिमल अचानक बिरामी परेका थिए। उनलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको निधन भएको हो।

हाल उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि जनकपुरधाम उपमहानगरपालिका–१०, देवीचोकस्थित आफ्नै निवासमा राखिएको छ। उनको आजै दिउँसो ३ बजे जनकपुरधामस्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिने डा. विजय दत्तले जानकारी दिए।

ADVERTISEMENT

नेपाली, मैथिली र अंग्रेजी भाषामा साहित्यका विभिन्न विधामा कलम चलाएका बिमल भाषा विज्ञानमा विद्यावारिधि गरेका साहित्यकार हुन्। उनले नेपाली, मैथिली र हिन्दी विषयमा स्नातकोत्तर गरेका थिए।

ADVERTISEMENT

बिमल २०२९ सालदेखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयको अध्यापनमा जोडिएका थिए। साहित्य तथा शिक्षाका क्षेत्रमा योगदान पुर्‍याएका उनी जगदम्बाश्री पुरस्कार, मधुपर्कलगायत विभिन्न सम्मान तथा पुरस्कारबाट विभूषित थिए।