काठमाडौं । राहदानी विभागले आवेदन फाराममा उल्लेख गरिएको मिति र समयमा मात्र सेवा लिन उपस्थित हुन सेवाग्राहीलाई आग्रह गरेको छ।
विभागले सोमबार सूचना जारी गर्दै त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीको अत्यधिक भिड बढ्न थालेकाले आवेदन फाराममा तोकिएको मिति र समयमा मात्र उपस्थित हुन अनुरोध गरेको हो।
विभागद्वारा जारी सूचनामा भनिएको छ, “राहदानी आवेदन फाराममा उल्लेख गरिएको मिति र समयमा मात्र उपस्थित भइदिनुहुन अनुरोध छ।”
विभागमा पछिल्लो समय सेवाग्राहीको चाप बढ्दै गएपछि भीड व्यवस्थापनका लागि तोकिएको समयअनुसार सेवा लिन आउन आग्रह गरिएको हो।





