काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकका गुनासा, समस्या तथा सुझाव प्रत्यक्ष रूपमा सुन्न ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।

पार्टीको केन्द्रीय समितिको साउन १३ गतेको निर्णयअनुसार अभियान साउन २५ गतेदेखि केन्द्रीय कार्यालय ‘घण्टीघर’बाट सुरु हुने सहमहामन्त्री हरि ढकालले जानकारी दिए।

ADVERTISEMENT

अभियानअन्तर्गत नागरिकका गुनासा, समस्या र सुझाव सुन्न तथा आवश्यक सहजीकरण गर्न प्रत्येक दिन दुई जना केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यको उपस्थिति अनिवार्य गरिएको रास्वपाले जनाएको छ।

ADVERTISEMENT