काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले कार्यशैली फेरेका छन् । तराई-मधेशमा देखिएको तनावपछि बालेनले आफ्नो कार्यशैली फेरेका हुन् ।

प्रधानमन्त्री बालेन र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता सुरु भएको हो ।

ADVERTISEMENT

प्रधानमन्त्री शाहले हाल रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेका छन्। प्रधानमन्त्री नियुक्त भएको लामो समय बितिसक्दा पनि शाहले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको औपचारिक भ्रमण गरेका छैनन्।

ADVERTISEMENT

रक्षामन्त्रीको हैसियतमा सैनिक मुख्यालयमा सुरक्षा तथा समसामयिक विषयमा ब्रिफिङका लागि निमन्त्रणा गरिए पनि प्रधानमन्त्री शाह अहिलेसम्म जंगी अड्डा पुगेका छैनन्। प्रधानसेनापति सिग्देलले धेरै समयदेखि प्रधानमन्त्रीलाई भेट्न खबर गरेका थिए । तर बालेनले चासो देखाएका थिएनन् ।

विगतमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीलाई सुरक्षा अंगका प्रमुखहरूले दैनिकजसो सुरक्षा व्यवस्था र अन्य विषयमा ब्रिफिङ गर्ने चलन थियो । तर बालेनले सरकारी निवासमा राज्यका कुनै पनि पदाधिकारीलाई भेटका लागि बोलाउने गरेका छैनन् । त्यही भएर आज प्रधानसेनापति सिग्देलसँग पनि उनको सिंहदरबारमै भेटवार्ता भइरहेको हो ।

ADVERTISEMENT