काठमाडौं । रास्वपा वरिष्ठ नेता एवं झापा ५ का उम्मेदवार बालेन्द्र साह बालेनले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् । उनले जिल्ला निर्वाचन कार्यालय झापामा खर्च विवरण बुझाएका हुन् ।

उनले आफ्नो चुनावी प्रचार प्रसारमा करिब १४ लाख १७ हजार २८९ रुपैयाँ मात्र खर्च भएको विवरण पेस गरेका छन् ।

ADVERTISEMENT

बालेनले सवारीसाधन भाडा दुई लाख ९३ हजार ५००, हवाई भाडा ३५ हजार, मतदाता प्रशिक्षण कार्यक्रम खाना खर्च २९ हजार ३९०, वडास्तरीय प्रचार कार्यक्रमका लागि खाजा खर्च २८ हजार ९७०, प्रचार कार्यक्रमका लागि ५ लाख ८० हजार भएको उल्लेख गरेका छन्। सबैभन्दा कम मनोनयनका लागि १० हजार खर्चको हिसाब छ ।

ADVERTISEMENT