काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेन दलसहित फागुन २१ को निर्वाचनमा होमिने भएका छन् । उनी ‘देश विकास पार्टी’ आफ्नो बनाएर चुनावमा होमिन लागेका हुन् । उनी निकट नेताहरूले पनि याे कुरालाई अस्वीकार गरेनन् ।

‘हाम्रो नेपाली पार्टी’ को नाम परिवर्तन गरी निर्वाचन आयोगमा ‘देश विकास पार्टी’ गठन गरिएको छ । हाल अनन्तराम घिमिरे पार्टीको अध्यक्ष छन् । सोही पार्टीको अध्यक्ष( बालेन हुनेछन् । चुनाव चिन्ह ‘लौरो’ हुनेछ । बालेन मेयरमा ‘लौरो’ चुनाव चिन्ह लिएर उठेका थिए ।

ADVERTISEMENT

बुधबार राति भएको ६ घन्टाभन्दा लामो छलफलमा बालेनले युवा शक्ति मिलेर जान प्रस्ताव गरेका थिए । उनले आफूलाई रास्वपा सभापति रवि लामिछानेले साधारण सदस्य मात्र बन्न भनेर ह्युमिलेट गरेको गुनासो गरेका थिए । देश विकास पार्टीलाई फराकिलो बनाएर जाने बालेनको तयारी छ ।

बालेनले कांग्रेस नेता चन्द्र भण्डारी, राप्रपा नेता ज्ञानेन्द्र शाही, विवेकशील पार्टी छाडेका मिलन पाण्डे, रमेश पौडेल, जेनजी प्रतिनिधि रक्षा बम, सीके राउत, रेशम चौधरी, सुरजसिंह ठकुरी, सम्भव सिरोहियालगायतसँग कुमार बेनको घरमा छलफल गरेका थिए । उनले देश विकास पार्टी आफ्नाे भएकाे बताएका थिए । त्यसैले अब उनी अन्य दलमा नगई आफ्नै दल लिएर चुनावमा जाने सम्भावना धेरै देखिएकाे छ ।