काठमाडौं । सिन्धुलीमा बसको ठक्करबाट चारजना सवार कार सुनकोशी नदीमा खसेको छ ।

सिन्धुलीको फिक्कल गाउँपालिका–२, नवलपुर नजिक मध्यपहाडी राजमार्गमा बससँग ठोक्किएपछि कार सुनकोशी नदीमा खसेको छ।

ADVERTISEMENT

प्रारम्भिक जानकारीअनुसार कारमा चारजना सवार रहेको अनुमान गरिएको छ। दुर्घटनापछि स्थानीयवासी, प्रहरी तथा उद्धार टोली घटनास्थलतर्फ परिचालित भएका छन्।

फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालका अनुसार दुर्घटनामा परेको कार मध्यपहाडी राजमार्ग निर्माण कार्यमा संलग्न कन्ट्र्याक्टरसहितका व्यक्तिहरू बोकेको थियो।

ADVERTISEMENT

घटनाबारे थप विवरण संकलन भइरहेको र उद्धार कार्य जारी रहेको उनले जानकारी दिए। दुर्घटनाको कारण र सवारहरूको अवस्थासम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।