काठमाडौं । रोटरी क्लब अफ भिजन काठमाडौंले रोटरी वर्ष २०२६–२०२७ का लागि आफ्नो दोस्रो पदस्थापन समारोह होटल बेस्ट वेस्टर्न, गौशालामा रूपमा सम्पन्न गरेको छ।

कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर रोटेरियन विष्णुबहादुर कार्की प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

ADVERTISEMENT

समारोह क्लबका अध्यक्ष रोटेरियन कृष्णप्रसाद दुलालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा रोटरीका पूर्वअध्यक्ष, विभिन्न प्रतिनिधि, रोटरी परिवारका सदस्य तथा अन्य विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति थियो।

नवनियुक्त अध्यक्ष दुलालले आगामी कार्यकालमा रोटरीको अन्तर्राष्ट्रिय सन्देशअनुरूप समुदायमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने सेवामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले शिक्षा, स्वास्थ्य, सदस्यता विस्तार, नेतृत्व विकास तथा प्रभावकारी सामाजिक सेवाका कार्यक्रमलाई प्राथमिकतामा राख्दै डिस्ट्रिक्ट ३२९२ को लक्ष्यसँग सहकार्य गरेर अघि बढ्ने बताए।

ADVERTISEMENT

समारोहमा रोटरीको मूल भावना तथा यस वर्षको अन्तर्राष्ट्रिय सन्देशलाई आत्मसात् गर्दै समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विभिन्न सेवामूलक परियोजना सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।