काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा नागरिक अपिल तथा ऐक्यबद्धता र्याली निकालिएको छ ।
देशभर देखिएका द्वन्द्वका घटनाहरू देखिन थालेपछि शुक्रबार शान्ति, सद्भाव र सामाजिक एकताका लागि भन्दै नागरिक अगुवाहरूले यो र्याली निकालिएका हुन् ।
र्यालीमार्फत तराई– मधेशमा देखिएको अशान्ति रोक्न, धार्मिक तथा साम्प्रदायिक दंगा फैलिनबाट देशलाई जोगाउन सन्देशमूलक नारासहित सार्वजनिक अपिल गरिएको छ ।
र्यालीमा एक नेपाली, साझा जिम्मेवारी, सबैको सम्मान, सबैको सुरक्षा, सबैको नेपाल, विविधतामा एकता, एकतामा शक्ति जस्ता दर्जनौं सद्भावपूर्ण नाराहरूसहितका प्लेकार्ड प्रदर्शन गरिएका छन् ।
र्यालीमा विभिन्न क्षेत्रका नागरिक अगुवाहरूको सहभागिता छ ।





