काठमाडौं । ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गतको ब्रिटिश प्रोफेसनल कलेजका विद्यार्थीहरूले २०२६ जुनके एसीसीए परीक्षामा उल्लेखनीय सफलता हासिल गरेका छन्।

यसपटक उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूममा सहारा मगिया नेपाल प्रथम विश्व ८औँ, नेहा खतिवडा नेपाल प्रथम विश्व १८औँ, आशुतोष शर्मा नेपाल प्रथम विश्व ११औँ, आशास्वीकुमारी श्रेष्ठ नेपाल दोस्रो विश्व १७औँ, शेलिश्मा सिवाकोटी नेपाल तेस्रो विश्व १३औँ र राकेश साह नेपाल दोस्रो विश्व १३औँ छन् ।

ADVERTISEMENT

एसीसीए प्लाटिनम एप्रुभल लर्निङ पार्टनर तथा लाइसेन्स प्राप्त कम्प्युटर बेस्ड एक्जामिनेसन सेन्टरको रूपमा परिचित ब्रिटिश प्रोफेसनल कलेजले अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षा, अनुभवी शिक्षकहरूको मार्गदर्शन तथा उत्कृष्ट सिकाइको वातावरणमार्फत विद्यार्थीहरूलाई विश्वव्यापी करियरका लागि सक्षम बनाउँदै आएको छ।

ADVERTISEMENT

यस उपलब्धिप्रति खुसी व्यक्त गर्दै ब्रिटिस एजुकेसन ग्रुपका हेड प्रेफेसनल एजुकेसन दिपेन्द्र के श्रेष्ठले भने, ‘हाम्रा विद्यार्थीहरूले हासिल गरेको यो सफलता उनीहरूको अथक मेहनत, समर्पण र हाम्रा अनुभवी शिक्षकहरूको निरन्तर मार्गदर्शनको परिणाम हो। राष्ट्रिय मात्र नभई विश्वस्तरमै उत्कृष्ट नतिजा हासिल गर्दै विद्यार्थीहरूले ब्रिटिस प्रोफेसनल कलेजको शैक्षिक उत्कृष्टतालाई थप उचाइमा पुर्‍याएका छन्।’

ब्रिटिस प्रोफेसनल कलेजले सेप्टेम्बर सेप्टेम्बर एसीसीए इन्टेकका लागि भर्ना खुला भएको जनाएको छ। एसीसीए अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई चाकुपाट, ललितपुरस्थित ब्रिटिस प्रोफेशनल कलेजमा सम्पर्क गरी निःशुल्क शैक्षिक परामर्श लिन तथा समयमै आफ्नो सिट सुरक्षित गर्न कलेजले अनुरोध गरेको छ।

ADVERTISEMENT

ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गत सञ्चालित ब्रिटिस प्रोफेसनल कलेज नेपालकै अग्रणी व्यावसायिक शिक्षण संस्था हो। एसीसीए प्लाटिनम एप्रुभल लर्निङ पार्टनरका रूपमा कलेजले अन्तर्राष्ट्रियस्तरको शिक्षण, आधुनिक शैक्षिक पूर्वाधार तथा अनुभवी प्राध्यापकहरूमार्फत विद्यार्थीहरूलाई विश्वस्तरीय लेखा तथा वित्तीय करियरका लागि तयार गर्दै आएको छ।