काठमाडौं । यातायात व्यवस्था विभागले सोमबारदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी आवेदन, नवीकरण तथा राजस्व भुक्तानी सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ।

विभागका अनुसार नयाँ प्रणालीमा सेवाग्राहीले राष्ट्रिय परिचयपत्र वा नागरिक एपमा रहेको क्युआर कोड स्क्यान गरी आवेदन फाराममा व्यक्तिगत विवरण स्वतः (अटोफिल) भर्न सक्नेछन्। साथै, लाइसेन्सको दस्तुर तथा राजस्व पनि अनलाइन माध्यमबाटै भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।

ADVERTISEMENT

विभागका निर्देशक केशव खतिवडाले नयाँ प्रणाली सञ्चालनका लागि आवश्यक सबै प्राविधिक तयारी पूरा भइसकेको जानकारी दिए। उनका अनुसार प्रारम्भिक चरणमा स्वास्थ्य परीक्षणका लागि मात्रै सेवाग्राही सम्बन्धित कार्यालयमा उपस्थित हुनुपर्नेछ।

नागरिक एपमा आबद्ध नभएका सेवाग्राहीले भने साविककै प्रक्रियाअनुसार व्यक्तिगत विवरण भरेर आवेदन दिन सक्ने व्यवस्था यथावत् रहने विभागले जनाएको छ।

ADVERTISEMENT