काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ । बालेन प्रधानमन्त्री बनेपछि पहिलोपटक राष्ट्रिय सुरक्षा समितिको बैठक बसेको हो ।
प्रधानमन्त्रीको अध्यक्षतामा हुने परिषद् बैठकमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री अर्थमन्त्री, मुख्यसचिव, प्रधानसेनापति र रक्षासचिव रहने व्यवस्था छ ।
बैठकमा सुनसरी, मोरङ, सप्तरी, पर्सालगायतका जिल्लामा देखिएको साम्प्रदायिक प्रदर्शनका विषयमा छलफल हुने भएको छ ।
बुधबारको मन्त्रिपरिषद् बैठकमा सुनसरीको देवानगन्जमा भएको हिन्दु र मुस्लिम विवादबारे कुनै छलफल नभएको भन्दै आलोचना भएपछि प्रधानमन्त्री बालेनले बिहीबार सुरक्षा परिषदको बैठक बोलाएका हुन् ।





