काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक पार्टी कार्यालय सानेपामा बसेको छ । बैठकले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
कांग्रेस नेता श्रेष्ठको उपचारका क्रममा मंगलबार ललितपुरमा निधन भएको थियो । उनी प्याङ्क्रियाजको क्यान्सरपीडित थिए । श्रेष्ठको पार्थीव शरीर केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखेर आजै अन्त्येष्टि गरिने कार्यक्रम छ ।





