काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद केपी खनालले सार्वजनिक कार्यक्रममा प्रश्न सोध्ने व्यक्तिप्रति दिएको आक्रोशपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनेपछि त्यसको व्यापक चर्चा भइरहेको छ।
भिडियोअनुसार आफ्नै निर्वाचन क्षेत्र कैलालीको लम्कीचुहा अस्पताल सम्बन्धी छलफलका क्रममा एक सहभागीले प्रश्न उठाएपछि सांसद खनाल आक्रोशित बनेका देखिन्छन्।
भाइरल भिडियोमा सांसद खनालले औँला ठड्याउँदै भनेका छन्, “कसले भन्यो प्रमाण छ ? हाल्छु, जाक्छु समाएर अनि थाहा हुन्छ । यस्ता मान्छेलाई त तपाईंहरूले सदस्यमा राख्नुभएको छ । अनधिकृत बोल्न मिल्छ ? कसले फोन गर्यो ? प्रमाण छ तपाईंसँग ?”
भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको अभिव्यक्तिको आलोचना भइरहेको छ। यद्यपि, उक्त अभिव्यक्तिबारे सांसद खनाल वा राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन।





