काठमाडौं । द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी आर्या गुरुङ, मरिशादेवी गुरुङ, नेइर अमात्य, सियाना र शशांक झाले ‘द ड्युक अफ एडिनबर्ग्स इन्टरनेसनल अवार्ड’ अन्तर्गत ब्रोंज अवार्ड प्राप्त गरेका छन्।

द ड्युक अफ एडिनबर्ग्स इन्टरनेसनल अवार्ड विश्वकै प्रतिष्ठित युवा विकास कार्यक्रम मानिन्छ । द ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड १४ देखि २४ वर्ष उमेर समूहका युवायुवतीका लागि सञ्चालन हुने आत्मविकास कार्यक्रम हो।

ADVERTISEMENT

विद्यार्थीहरूलाई द ड्युक अफ एडिनबर्ग्स इन्टरनेसनल अवार्ड नेपालद्वारा आयोजित नेसनल अवार्ड सेरेमोनी २०२६ मा सम्मान गरिएको हो।

अवार्ड समारोह साउन ४ (सोमबार) काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा सम्पन्न भएको थियो। कार्यक्रममा देशभरका ब्रोंज, सिल्भर तथा गोल्ड अवार्ड विजेताहरूलाई उनीहरूको मेहनत, लगनशीलता, आत्मविकासप्रतिको प्रतिबद्धता तथा सामुदायिक सेवामा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।

ADVERTISEMENT

द ड्युक अफ एडिनबर्ग्स इन्टरनेसनल अवार्ड विश्वव्यापी रूपमा मान्यता प्राप्त युवा विकास कार्यक्रम हो, जसले युवाहरूलाई नयाँ सीप सिक्न, शारीरिक रूपमा सक्रिय रहन, सामुदायिक सेवामा योगदान दिन तथा साहसिक यात्रामार्फत आफ्नो व्यक्तित्व विकास गर्न प्रेरित गर्छ।

बेग बोर्ड तथा बीएमसी कलेज व्यवस्थापनका तर्फबाट अरुणले भने, ‘तपाईंहरूको मेहनत, समर्पण र प्रतिबद्धताले हामी सबैलाई गौरवान्वित बनाएको छ। तपाईंहरूको उपलब्धि अन्य विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेको छ। आगामी दिनहरूमा पनि तपाईंहरूले अझ धेरै सफलता हासिल गर्नुहोस् भन्ने हाम्रो शुभकामना छ।’

कलेजले विद्यार्थीहरूलाई यस उपलब्धिसम्म पुग्न आवश्यक मार्गदर्शन र निरन्तर साथ दिएका राजनकुमार राईप्रति कलेजले विशेष आभार व्यक्त गरेको छ।

द ब्रिटिस मोडल कलेजले शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासलाई पनि समान प्राथमिकता दिँदै आएको छ। कलेजले विद्यार्थीहरूलाई शैक्षिक उपलब्धिमा मात्र सीमित नरही द ड्युक अफ एडिनबर्ग्स इन्टरनेसनल अवार्ड जस्ता सहपाठ्यक्रम तथा चरित्र निर्माणका कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन प्रोत्साहित गर्दै आत्मविश्वासी, सक्षम तथा समाजप्रति उत्तरदायी भावी नेतृत्व निर्माणमा योगदान पुर्‍याइरहेको छ।