काठमाडौं । विशेष अदालतको अध्यक्षमा नियुक्ति भएका न्यायाधीश वासुदेव आचार्यले कार्यभार सम्हालेका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई विशेष अदालतको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

पदबहाली गर्दै उनले जेनजी आन्दोलनमा भवन र मिसिल जले पनि न्याय नजलेको बताए। उनले न्याय सम्पादनलाई तीब्रता दिने प्रतिवद्वता पनि जनाए ।

ADVERTISEMENT

‘जेनजी आन्दोलनमा मिसिल र भवन जले पनि न्याय जलेको छैन, हामी कर्मठ, निस्पक्ष र निडर भएर काम गर्छौ, भौतिक संरचना जलेपनि न्याय जल्दैन, तीब्र फैसला दिन्छौ, अर्कोकुरा न्यायाधीश छिटो न्याय सम्पादन गर्न दत्तचित हुन्छन्, दबाब र प्रभावको भरमा न्याय हुँदैन,’ उनले भने, ‘कसैले प्रभाव पार्न खोज्छ भन हामे त्यसमा बेवास्ता गर्छौ, अदालतमा राम्रो कामको निरन्तरता र मेरो बाहिरको अनुभवलाई समेटेर कार्य सम्पादनमा अग्रणी भूमिका खेल्छौं ।’

आचार्यले उच्च अदालतको न्यायाधीश रहँदा ११ हजार १५७ मुद्दाको फैसला आदेश गरेका छन्। आचार्यसँगै विशेष अदालतमा ६ न्यायाधीशको टिम रहेको छ ।

ADVERTISEMENT

रास्वपा सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा हटाउने महान्यायाधिवक्ता कार्यालयको सिफारिस कार्यान्वयन गर्ने सुरुवात आचार्यले नै गरेका थिए । सोही कारण सरकारले उनलाई विशेष अदालतको अध्यक्ष नियुक्त गरेको हो ।