काठमाडौं । एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । कांग्रेस नेतृत्वको सरकारमा सहभागी एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् । साथै एमालेले समर्थन पनि फिर्ता लिएकाे छ ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको सामूहिक राजीनामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएका छन् ।

राजीनामा दिने मन्त्रीहरूमा आर्थिक मामिलामन्त्री बिन्दु श्रेष्ठ, स्वास्थ्यमन्त्री डा। दिनेशचन्द्र देवकोटा, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री किरण थापा, वन तथा वातावरणमन्त्री भरतबहादुर केसी, सहकारी तथा गरिबी निवारणमन्त्री मधुसूदन पौडेल र युवा तथा खेलकुदमन्त्री जयराम थापा छन् ।

ADVERTISEMENT

एमालेका मन्त्रीले एकैपटक पदबाट राजीनामा दिएसँगै बागमती प्रदेश सरकारको सत्ता समीकरणमा परिवर्तन आएको छ । एमालेले नेकपासँग मिलेर सरकार बनाउने तयारी गरेको छ । तर एमाले र नेकपा मिल्दा पनि बहुमत पुग्दैन । नेकपा र एमालेका गरी ५१ जना सांसद छन् । बहुमतका लागि ५३ सांसद चाहिन्छ ।

ADVERTISEMENT

बागमती प्रदेशमा राप्रपासँग १२, नेमकिपासँग तीन र हाम्रो नेपाली पार्टीसँग दुई सांसद छन् । त्यसैले नयाँ सरकार बनाउन यी तीनवटा दल निर्णायक मानिन्छन् । तीनवटै दल अहिलेसम्म नयाँ समीकरणबारे मौन छन् ।

ADVERTISEMENT